Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस

काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस

  • शनिवार, आषाढ २० २०७७

  • 633
    SHARES

  • काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस

    संक्रमितको सम्पर्कमा नगएका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा विज्ञहरुले थप अध्ययन र अनुसन्धान थालेका छन् । काठमाडौं उपत्यकाको ढलमा गरिएको पछिल्लो अध्ययनले कोरोनाको भाइरस ढलमा पनि रहेको फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोना भाइरस फेला परेको हो ।

    सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

    उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताउनुभयो ।
    उहाँका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोरोना गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ ।

    जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको कर्माचार्यले बताउनुभयो ।
    नेपालमा पनि कोरोना संक्रमणको दर तिव्र गतिमा बढ्दै गएको छ । ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्दा कोरोनाको भाइरस रहेको फेला परेको उहाँले बताउनुभयो ।

    यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको प्रष्ट्याएको डा. कर्मचार्य बताउनुभयो । उहाँका अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी नहुने डा. कर्माचार्यको भनाइ छ ।

    प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उहाँले बताउनुभयो । उहाँले अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्ने बताउनुभएको छ ।


    शनिवार, आषाढ २० २०७७०३:१४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij