Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

१२२ क्षेत्रमा मतगणना जारी: कांग्रेस ४७, एमाले ३९ र माओवादी १२ क्षेत्रमा अगाडि, स्वतन्त्र र राप्रपा पछ्याउँदै

१२२ क्षेत्रमा मतगणना जारी: कांग्रेस ४७, एमाले ३९ र माओवादी १२ क्षेत्रमा अगाडि, स्वतन्त्र र राप्रपा पछ्याउँदै

  • मंगलवार, मंसिर ६ २०७९

  • 875
    SHARES

  • १२२  क्षेत्रमा मतगणना जारी: कांग्रेस ४७, एमाले ३९ र माओवादी १२ क्षेत्रमा अगाडि, स्वतन्त्र र राप्रपा पछ्याउँदै
    काठमाडौं । प्रतिनिधि सभाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये अहिले १२२ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ। जारी मतगणनामा नेपाली कांग्रेस सबैभन्दा बढी ४७ ठाउँमा अगाडि छ। 
     
    यस्तै,  नेकपा एमाले ३९, माओवादी केन्द्र १२ र राष्ट्रिय स्वतन्त्र पार्टी ११ ठाउँमा अगाडि छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ६ ठाउँमा अगाडि हुँदा अन्य दल तथा उम्मेदवारले ७ ठाउँमा अग्रता लिइरहेका छन्। 
     
    नेपाली कांग्रेसले ३ ठाउँमा जित हासिल पारेको छ। कांग्रेले मुस्ताङ, मनाङ र काठमाडौं क्षेत्र नम्बर १ मा जित हासिल गरेको छ। मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ र काठमाडौं १ मा प्रकाशमान सिंह विजयी हुनुभएको छ। 
     
    यस्तै, नेकपा एमालेले १ ठाउँमा जित हासिल गरेको छ। ललितपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार प्रेम महर्जन विजयी हुनुभएको छ। 
     
    प्रदेश सभाका ३३० क्षेत्रमध्ये १४९ निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। जसमध्ये नेपाली कांग्रेसले ४५ ठाउँमा अग्रता लिइरहेको छ। 
     
    प्रदेश सभामा नेकपा एमालेले ४६ ठाउँमा अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले १७ ठाउँमा अग्रता लिइरहेको छ। 
     
    प्रदेश सभातर्फ अहिलेसम्म ४ ठाउँको अन्तिम नतिजा प्रकाशित भएको छ। जसमध्ये नेपाली कांग्रेसले ३ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जित हासिल गरेका छन्। नेपाली कांग्रेसले मुस्ताङ प्रदेश सभा १ र २ तथा मनाङ प्रदेश सभा १ मा जित हासिल गर्दा मनाङ प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) विजयी हुनुभएको छ। 


    मंगलवार, मंसिर ६ २०७९०७:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij