Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोरखा–२ मा प्रचण्डलाई तेब्बर मतको अग्रता

गोरखा–२ मा प्रचण्डलाई तेब्बर मतको अग्रता

  • मंगलवार, मंसिर ६ २०७९

  • 995
    SHARES

  • गोरखा–२ मा प्रचण्डलाई तेब्बर मतको अग्रता
    काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाउनुभएको छ।
     
    ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ४ हजार ८३२ मत पाउनुभएको छ भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाउनुभएको छ । प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ ।
     
    तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाउनुभएको छ । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको थियो ।


    मंगलवार, मंसिर ६ २०७९०८:१४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij