Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी र नेकपा एकिकृत समाजवादीबिच पार्टी एकता हुने

माओवादी र नेकपा एकिकृत समाजवादीबिच पार्टी एकता हुने

  • बिहिवार, मंसिर ८ २०७९

  • 2.6K
    SHARES

  • माओवादी र नेकपा एकिकृत समाजवादीबिच पार्टी एकता हुने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताउनुभएको छ । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएपछि एकता प्रक्रियाको थालनी गरिने उहाँको भनाई छ ।

    पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो,‘अब निर्वाचनको सबै नतिजा आएपछि हामी एउटा समिक्षा गर्छौं । अहिले भर्खरै नतिजा आउन थालेका छन् । पूर्ण नतिजा आएपछि माधवजीसँग वार्ता गरेर एकताको प्रक्रिया सुरु हुन्छ ।’

    निर्वाचनको पछिल्लो मतगणनामा माओवादी केन्द्रका नेताहरु सन्तुष्ट छैनन् । प्रचण्डले चुनाव हुनुभन्दा अघि आफ्नो दल निर्वाचनपछि पनि निर्णायक तेस्रो शक्तिमा रहने बताउनुभएको थियो । गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उहाँको दाबी थियो । प्रारम्भिक नतिजा हेर्दा गठबन्धन साँघुरो बहुमतर्फत नै अघि बढेको छ।

    उता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि माओवादीसँगको एकता थाल्नेबारे सकारात्मक जवाफ दिनुभयो । उहाँले आफूहरु निर्वाचनलगत्तै छलफलमा बस्ने जनाउनुभयो ।


    बिहिवार, मंसिर ८ २०७९०१:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij