Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लीनस्वीप

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लीनस्वीप

  • बिहिवार, मंसिर ८ २०७९

  • 445
    SHARES

  • कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लीनस्वीप

    काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

    भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

    प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए ।

    एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो भने तीन हजार २६८ मत बदर भएको छ । यस क्षेत्रको प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् ।

    प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।

    यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।

    नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए । निकटतम् प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरे । सो पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ ।


    बिहिवार, मंसिर ८ २०७९०५:१३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij