Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेतृत्वमा सरकार बन्ने भएपछि रामचन्द्र पौडेलको दौडधुप बढ्यो

कांग्रेस नेतृत्वमा सरकार बन्ने भएपछि रामचन्द्र पौडेलको दौडधुप बढ्यो

  • आइतवार, मंसिर ११ २०७९

  • 760
    SHARES

  • कांग्रेस नेतृत्वमा सरकार बन्ने भएपछि रामचन्द्र पौडेलको दौडधुप बढ्यो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुट्नुभएको छ ।

    तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थाल्नुभएको हो ।​ पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसक्नुभएको छ । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई पनि भेट गर्नुभएको थियो ।

    कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भने पौडेलको निवास बोहराटार गएर उहाँलाई भेट गर्नुभएको छ । यसैबीच पौडेलले माधव नेपाल र प्रचण्डसँग टेलिफोन सम्वाद भएको बताउनुभयो।

    कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि सभापति देउवा, महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायत प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । गठबन्धन र कांग्रेसका सांसदलाई आफ्नो पक्षमा उभ्याउन कांग्रेस नेताहरुको कसरत जारी छ ।

    प्रधानमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने भएकाले कांग्रेसमा सांसदको हिसाब किताब चलिरहेको छ । कांग्रेसले पत्यक्षमा अहिलेसम्म ५३ सिट जितेको छ भने ३ सिटमा आग्रता लिएको छ ।

    कांग्रेसका उम्मेदवार रहेका स्याङ्जा २ र बाजुरामा मतगणना सुरु हुन भएको छैन । कांग्रेसले समानुपातिकमा करिब ३३ जना सांसद जित्ने देखिन्छ । उनीहरुले कांग्रेसमा संसदीय दलको नेता चुन्ने छन् । सोही व्यक्ति कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका हैसयतले कांग्रेसले नै नेतृत्व गर्नेमा विवाद नरहेका कांग्रेस प्रवक्ता प्रकाशशरण मतहले बताउनुभयो ।


    आइतवार, मंसिर ११ २०७९०१:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij