Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने

  • सोमवार, मंसिर १२ २०७९

  • 733
    SHARES

  • दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने
    काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरूमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।
     
    मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताउनुभयो ।
     
    यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँधली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरूमा पुनः मतदान गराउन लागिएको हो ।
     
    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
     
    वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।
     


    सोमवार, मंसिर १२ २०७९१०:४३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij