Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाभित्र बसेका सुकुम्बासी आन्दोलित, राजनीतिक घुसपैठ भएको आशंका (खासखबर)

काठमाडौं उपत्यकाभित्र बसेका सुकुम्बासी आन्दोलित, राजनीतिक घुसपैठ भएको आशंका (खासखबर)

  • मंगलवार, मंसिर १३ २०७९

  • 905
    SHARES

  • काठमाडौं उपत्यकाभित्र बसेका सुकुम्बासी आन्दोलित, राजनीतिक घुसपैठ भएको आशंका (खासखबर)

    काठमाडौं । काठमाडौं महानगरभित्रका अवैध संरचना र अव्यवस्थित बसोबासीलाई हटाउने महानगरपालिकाको अभियानलाई थप सशक्त बनाइने भएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा भएको झडपपछि महानगरपालिका थप आक्रामक बनेको हो । हानगरले केही दिनभित्रै काठमाडौंलाई सुकुम्बासीमुक्त बनाउने योजना अगाडि सारेको छ । केन्द्र सरकारसँग परामर्श गरी जमिन हडपेर बसेकाहरुलाई आफ्नै पुख्र्यौलीमा पठाउने र जग्गा नहुनेहरुको लगत राख्ने महानगरपालिकाको तयारी रहेको छ । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले कुनैपनि हालतमा सुकुम्बासीका घरटहरा हटाइने दाबी गर्नुभएको छ । आफ्नो अभियानलाई जारी राख्दै सुन्दर शहर बनाउने योजनाबाट ब्याक हुन नसकिने उहाँको तर्क छ ।

    डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ सालमा पनि थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन खोजिएको थियो । तर, सुकुम्वासीको अवरोधका कारण सरकार बागमती नदी किनारबाट बस्ती खाली गर्ने निर्णयबाट पछि हट्यो । करिब १ हजार ५ सय मानिसहरू बसोबास गर्ने आंकलन गरिएको थापाथलीको सुकुम्वासी बस्तीमाथि राजनीतिक खिचातानीले समेत प्रभाव पारेको छ । सोमबारको दृष्य हेर्दा बिना तयारीका साथ गएका नगरप्रहरी माथि ढुंगामुढा बर्सिए, तर नेपाल प्रहरी टुलुटुुलु हेरेर बस्यो । नगर प्रहरी प्रमुख राजु पाण्डेले पनि महानगरको अभियानबाट ब्याक हुन नसकिने बताउनुभएको छ । घनाबस्ती भएको काठमाडौंमा सुकुम्बासी व्यवस्थापन गर्न गाह्रो रहेको र महानगरले पनि त्यसको जिम्मा लिन नसक्ने उहाँको भनाइ छ ।

    सुकुम्बासीका अगुवाहरु पनि बसेको स्थान छोड्न नसकिने संकेत गरिरहेका छन् । राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव अर्जुन कुँवरले आफूहरुमाथि जाइलागे प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

    ढुङ्गा, खुकुरी र भाला सहित प्रदर्शनमा उत्रिएका सुकुम्वासीको आक्रमणबाट पाण्डे सहितका नगर प्रहरी घाइते भएका थिए । सुकुम्वासी बस्तीमा आक्रमण सुरु भएपछि नगर प्रहरी र डोजर फिर्ता भएको छ । नगर प्रहरीमाथि आक्रमण हुँदा डिएसपी नेतृत्वको नेपाल प्रहरीको टिम पनि घटनास्थलमा परिचालित थियो । तर, प्रहरीको टिमले सहयोग गर्न सकेन ।



    मंगलवार, मंसिर १३ २०७९०७:४१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij