काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महामन्त्री थापाले सस्तो लोकप्रियताका लागि दलहरुले पैसा बाड्ने कुरामा मात्रै प्रतिष्पर्धा गरीरहेको बताउनुभएको छ ।
आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सवमा बोल्दै आज महामन्त्री थापाले दलका नेतृत्व तहले सस्तो लोकप्रियताका लागी वृद्धभत्तालाई छिटो÷छिटो दिने निर्णयमा प्रतिष्पर्धा गरीरहेको बताउदै दलहरुले अबका दिनमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलेको तर्क गर्नुभयो ।
उहाँले अब बन्ने नयाँ प्रधानमन्त्रीले आगामी १ वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेर मात्रै नेतृत्व लिनुपर्ने भन्दै यसका लागी निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको औल्याउँनुभयो ।
अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले आँट गरेर नै निजी क्षेत्र र सरकारसँगको सम्बन्धलाई सुदृढीकरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यसका लागी निजी क्षेत्र र सरकारबीच कसरी सहकार्य गर्ने भन्नेबारेमा खुला छलफल हुनु जरुरी रहेकोले निजी क्षेत्र र सरकार चलाउनेबीच किन पारदर्शी छलफल हुँदैन रु भन्दै उहाँले निजी क्षेत्रका प्रतिनिधिलाई एक ठाउँमा राखेर देशको नेतृत्वकर्ताले समस्या समाधानको लागि सोच्नुपर्ने बताउनुभयो ।
अबको सरकारको नेतृत्व गर्ने व्यक्तिले आगामी ५ महिनाभित्रमा अर्थतन्त्रलाई सुदृढ बनाउन के गर्ने भन्ने बारेमा खाका तयार गर्नुपर्ने बताउनुभयो।