Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

समानुपातिकमा २७ लाख ६६ हजार मत प्राप्त गरी एमाले पहिलो, अन्य दलले कति पाए ?

समानुपातिकमा २७ लाख ६६ हजार मत प्राप्त गरी एमाले पहिलो, अन्य दलले कति पाए ?

  • बिहिवार, मंसिर १५ २०७९

  • 1.4K
    SHARES

  • समानुपातिकमा २७ लाख ६६ हजार मत प्राप्त गरी एमाले पहिलो, अन्य दलले कति पाए ?

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ५९ हजार ५ सय ५० मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले बिहीबार(आज) साँझ साढे ५ बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६६ हजार ९ सय ७६ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

    प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३५ हजार ८ सय ५२ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।

    यसैगरी ११ लाख ६० हजार ८ सय ९८ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार ६ सय ३९ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८५ हजार २ सय ५७, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९ सय २४ र जनमत पार्टी ३ लाख ९४ हजार २ सय ७६ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

    प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९३ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ४६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ लाख ६७ हजार २ सय ७७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४० मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

     


    बिहिवार, मंसिर १५ २०७९०५:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij