Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतगणना सकियो, कुन दललाई कति सिट ?

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतगणना सकियो, कुन दललाई कति सिट ?

  • सोमवार, मंसिर १९ २०७९

  • 2.0K
    SHARES

  • प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतगणना सकियो, कुन दललाई कति सिट ?
    काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते भएको निर्वाचनमा १६५ क्षेत्रकै मतपरिणाम आएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएसँगै मतगणना सकिएको हो ।
     
    दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा विजय हासिल गर्नुभएको हो । 
     
    दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा गरिएको पाइएपछि निर्वाचन आयोगको निर्णय अनुसार फेरि मतदान भएको थियो । कार्कीको जितसँगै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ । 
     
    सबै क्षेत्रको मतपरिणाम आउँदा प्रतिनिधि सभामा ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ । यस्तै ४४ सिट जित्दै नेकपा एमाले दोस्रो दल बनेको छ । 
     
    एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ ठाउँमा जितेका छन् ।
     
    लोकतान्त्रिक समाजवादीले ४ सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ । यस्तै नेपाल मजदुर किसान पार्टी, जनमोर्चा र जनमत पार्टीले एक/एक ठाउँमा जित्दा पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।
     


    सोमवार, मंसिर १९ २०७९०९:४७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij