काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को टि–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आइसिसीले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ ।
नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टि–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।
एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।
त्यस्तै, अष्ट्रेलिया टि–ट्वान्टी वरियताको शीर्ष स्थानमा फर्किएको छ ।