Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीमा विवाद भएपछि रवि लामिछानेको आयो प्रतिक्रिया

पार्टीमा विवाद भएपछि रवि लामिछानेको आयो प्रतिक्रिया

  • बिहिवार, मंसिर २२ २०७९

  • 1.6K
    SHARES

  • पार्टीमा विवाद भएपछि रवि लामिछानेको आयो प्रतिक्रिया

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिनुभएको छ ।

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताउनुभयो ।

    पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् ।

    लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।

    सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताउनुभयो । नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानेले राज्यले गर्ने छानबिनमा सघाउने बताउनुभयो ।


    बिहिवार, मंसिर २२ २०७९०४:२५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij