Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पश्चिम सेती आयोजनाले सुदूरपश्चिममा समृद्धि ल्याउँछ : प्रधानमन्त्री देउवा 

पश्चिम सेती आयोजनाले सुदूरपश्चिममा समृद्धि ल्याउँछ : प्रधानमन्त्री देउवा 

  • बिहिवार, मंसिर २२ २०७९

  • 485
    SHARES

  • पश्चिम सेती आयोजनाले सुदूरपश्चिममा समृद्धि ल्याउँछ : प्रधानमन्त्री देउवा 
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतीक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताउनुभएको छ। धनगढीमा बिहीबार(आज)देखि सुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताउनुभएको हो।
     
    सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उहाँले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले देशको समृद्धिको लागि छिमेकीहरूसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो।
     
    प्रधानमन्त्री देउवाले छिट्टै पञ्चेश्वर आयोजनाको काम पनि अघि बढ्ने पनि बताउनुभयो। उहाँले सुदूरपश्चिममा गौरीफन्टा नाकामा भारतसँग कुरा गरेर सहज बनाउने बताउनुभयो। 
     
    सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थ्यपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ। 
     
    स्थानीय सम्भावनाहरूलाई पहिचान गरी प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्ने  उहाँले बताउनुभयो । सरकारले ठुला आयोजना र मझौला आयोजनालाई प्राथमिकता दिएको भन्दै यसले यहाँको विकासमा योगदान दिने प्रधानमन्त्रीको विश्वास छ। 


    बिहिवार, मंसिर २२ २०७९०४:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij