Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी मुख्यालय च्यासलमा एमाले सचिवालयको बैठक जारी

पार्टी मुख्यालय च्यासलमा एमाले सचिवालयको बैठक जारी

  • शनिवार, मंसिर २४ २०७९

  • 569
    SHARES

  • पार्टी मुख्यालय च्यासलमा एमाले सचिवालयको बैठक जारी

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा जारी छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने प्रयास भइरहेको छ ।

    बैठकमा समानुपातिक सांसद छनोट र आमनिर्वाचनको समीक्षा हुनेछ । हिजो बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । निर्वाचन आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो ।

    समानुपातिकतर्फका सांसदहरूको नामावली पठाउने आज अन्तिम दिन भएकाले एमालेले सांसद छनोटको काम गरिरहेको छ ।


    शनिवार, मंसिर २४ २०७९०२:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij