Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले अझै सकेन समानुपातिक सांसद छान्न, ४ घण्टादेखि बैठक जारी

एमालेले अझै सकेन समानुपातिक सांसद छान्न, ४ घण्टादेखि बैठक जारी

  • शनिवार, मंसिर २४ २०७९

  • 509
    SHARES

  • एमालेले अझै सकेन समानुपातिक सांसद छान्न, ४ घण्टादेखि बैठक जारी

    काठमाडौं । नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ ।

    निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपातिक सांसद चयन गर्नेछ ।

    निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदको सूची शनिबारभित्र पठाउन बुधबार पत्र पठाएको थियो ।


    शनिवार, मंसिर २४ २०७९०४:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij