Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजबाट निर्वाचन आचारसंहिता नरहने

आजबाट निर्वाचन आचारसंहिता नरहने

  • सोमवार, मंसिर २६ २०७९

  • 470
    SHARES

  • आजबाट निर्वाचन आचारसंहिता नरहने

    काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने (खारेज) आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    ‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उहाँका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ । निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागू गरिएको उहाँले जानकारी दिनुभयो ।


    सोमवार, मंसिर २६ २०७९०२:२१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij