Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय क्रिकेटरले पाए रोकिएको तलब, आइसिसीले थपिदियो १० हजार

राष्ट्रिय क्रिकेटरले पाए रोकिएको तलब, आइसिसीले थपिदियो १० हजार

  • बिहिवार, भाद्र २५ २०७७

  • 716
    SHARES

  • राष्ट्रिय क्रिकेटरले पाए रोकिएको तलब, आइसिसीले थपिदियो १० हजार

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब पाएको जनाएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो ।

    क्यानले खेलाडीले वर्गीकरण सम्झौंताभन्दा मासिक १० हजारभन्दा बढी रकम पाएकोसमेत जनाएको छ । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्न आइसिसी सहमत भएको थियो ।

    राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणीअनुसार तलब पाएका छन् । जसमा ’ए’ श्रेणीको खेलाडीले ४५ हजार, ’बी’ श्रेणीकाले ३५ हजार र ’सी’ श्रेणीले खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् ।

    एकमुष्ट एक वर्षको तलब पाउँदा ’ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ’बी’ श्रेणीकाले ४ लाख २० हजार र ’सी’ श्रेणीले ३ लाख रुपैयाँ पाएका छन् ।

     


    बिहिवार, भाद्र २५ २०७७०६:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij