Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देउवालाई प्रचण्डले भने-मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस्

देउवालाई प्रचण्डले भने-मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस्

  • शनिवार, पौष २ २०७९

  • 1.0K
    SHARES

  • देउवालाई प्रचण्डले भने-मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस्

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राख्नुभएको हो । अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

    प्रचण्डको निजी सचिवालय स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो । यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दावी गर्दै आउनुभएको थियो । आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री देउवाले पनि अगामी सरकारको नेतृत्व आफूले नै गर्ने भनि संकेत गर्दै आउनुभएको छ ।


    शनिवार, पौष २ २०७९०३:४१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij