Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न समितिको बैठक बस्दै

कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न समितिको बैठक बस्दै

  • सोमवार, पौष ४ २०७९

  • 623
    SHARES

  • कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न समितिको बैठक बस्दै
    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति सोमबार(आज) तय गरिने तयारी छ । सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्नेछ ।
     
    दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ । समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ । समिति सदस्यमा रसाइलीसहित पुष्पा भुसाल पनि हुनुहुन्छ ।
     
    संसदीय दलको निर्वाचनका लागि हिजो तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । संसदीय दलको निर्वाचन एक/दुई दिनमै गर्ने तयारी छ । 


    सोमवार, पौष ४ २०७९०६:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij