Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

  • सोमवार, पौष ४ २०७९

  • 898
    SHARES

  • एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक आज सोमबार(आज) बस्दै छ । पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको महासचिव डा. वेदुराम भुषालले जानकारी दिनुभयो । 
     
    सो दलको हिजो सचिवालय बैठक बसेको थियो । सोही बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो । दलको बैठकले संसदीय दलको नेता चयन गर्ने र आगामी सरकार गठनमा दलको तर्फबाट खेलिने भूमिका बारेमा निर्णय लिने सो दलले जनाएको छ ।
     
    संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने करिब पक्का रहेको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने महासचिव भुषालले बताउनुभयो । एकीकृत समाजवादी राष्ट्रिय दल बन्न नसके पनि प्रत्यक्ष निर्वाचित १० सांसद यो दलसँग रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर हिजो सरकार गठनको आव्हान गरेपछि सबै दलको बैठक नियमित बस्न थालेको छ ।


    सोमवार, पौष ४ २०७९०७:०२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij