अस्ट्रेलिया इंग्ल्याण्डबीचको एकदिवसीय श्रृखला आजबाट सुरु हुँदैछ । तीन खेलको श्रृखला अन्तर्गत पहिलो एकदिवसीयमा आज (शुक्रबार) यी दुई टोली भिड्न लागेका हुन् ।
दुई टोलीबीच आज हुने पहिलो एकदिवसीय नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । टी–ट्वान्टी सिरिजमा पराजित अस्ट्रेलिया ओल्ड ट्रा फोर्डमा हुने खेलमा जित निकाल्दै एकदिवसीय सिरिजमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । यता टी–ट्वान्टीमा जित निकालेको घरेलु टोली इङ्ल्यान्ड उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।
सन् २०१९ को विश्वकपपछि दुवै टिम पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपको दुई भेटमा दुवैले एक–एक जित निकालेका थिए ।