काठमाडौं । जनमत पार्टीले संसदीय दलको उपनेता र प्रमुख सचेतक लगायतका पदमा जिम्मेदवार तय गरेको छ। पार्टीको आज बसेको बैठकले विभिन्न पदहरुमा सांसदहरुलाई जिम्मेदवारी दिएको हो।
संसदीय दलको नेतामा आइतबार अध्यक्ष सीके राउत नै चयन भइसक्नुभएको छ । आजको बैठकले अब्दुल खानलाई उपनेता बनाएको छ।
त्यस्तै, प्रमुख सचेतकको जिम्मेदवारी अनिता साहलाई दिइएको छ। सचेतकको जिम्मेवारी विनिता सिंह दनुवारलाई दिइएको छ।
त्यस्तै, सचिवको जिम्मेदवारी गोमा लाभ सापकोटा र कोषाध्यक्षको जिम्मेवारी सोनु मुर्मुलाई दिएको पार्टीका नेता बीपी साहले जानकारी दिनुभयो।