Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

  • बुधवार, पौष ६ २०७९

  • 574
    SHARES

  • रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिनुभएको हो । संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गर्नुभएको छ ।

    विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औं महाधिवेशनयता सहयोगीको भूमिकामा देखिनुभएको छ ।

    ०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बन्नुभएको थियो भने ७२ मा देउवासँग पराजित हुनुभएको थियो । १३ औं महाधिवेशनमा देउवासँग पराजित उहाँ १४ औं महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुनुभएको थियो ।

    त्यसपछि पौडेल र देउवाबीच सहकार्य भइरहेको छ । पौडेल प्रस्तावक बसेको संसदीय दलको चुनावमा देउवा भारी मतान्तरले निर्वाचित हुनुभएको छ । आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।


    बुधवार, पौष ६ २०७९०२:१३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij