Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीका लागि प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेस

प्रधानमन्त्रीका लागि प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेस

  • आइतवार, पौष १० २०७९

  • 640
    SHARES

  • प्रधानमन्त्रीका लागि प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेस
    काठमाडौं । प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुभएको छ। उहाँले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्नुभएको हो।
     
    यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिनुभएको थियो।
     
    जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुग्नुभएको हो । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ ।


    आइतवार, पौष १० २०७९०५:३९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij