Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धन टुटेपछि गगन थापाले यस्तो भने...

सत्तागठबन्धन टुटेपछि गगन थापाले यस्तो भने...

  • आइतवार, पौष १० २०७९

  • 2.3K
    SHARES

  • सत्तागठबन्धन टुटेपछि गगन थापाले यस्तो भने...

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताउनुभएको छ।

    उहाँले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको टिप्पणी गर्नुभयो ।

    ‘म आज पोखरा आइसकेपछि समाचार पढेर चित्त बुझाएँ’, उहाँले भन्नुभयो, ‘मै अब दलको नेता भएको भए खुमलटारबाट बालकोट आओ भन्दै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुभन्दा कम्तीमा ढुक्कले पठाए । यो काठमाडौंको मान्छेले चित्त बुझाउने काइदा हो । यसरी पनि चित्त बुझाउनपर्छ कहिलेकाहीँ ।’

    आज नाटकीय ढंगले तत्कालीन सत्तारुढ गठबन्धनबीचको तालमेल टुटेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ७ दलको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् ।


    आइतवार, पौष १० २०७९०५:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij