Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इपिएल आजबाट सुरु, लिग विजेता लिभरपुलको खेल आजै

इपिएल आजबाट सुरु, लिग विजेता लिभरपुलको खेल आजै

  • शनिवार, भाद्र २७ २०७७

  • 1.0K
    SHARES

  • इपिएल आजबाट सुरु, लिग विजेता लिभरपुलको खेल आजै

    एजेन्सी । इङ्लिस प्रिमियर लिग (इपिएल)फुटबलको नयाँ सिजन आजबाट सुरु हँुदैछ । कोरोना भाइरसका कारण फुटबल प्रभावित हुनका बावजुद प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको छ ।

    सात हप्ताको विश्रामपछि नयाँ सिजन सुरु हुन लागेको हो । कोरोनाका कारण अघिल्लो सिजन प्रभावित बनेपछि छोटो विश्रामका साथ प्रिमियर लिग सञ्चालन गर्न लागिएको हो ।

    आज पहिलो दिन चार खेल हँुदैछन् । साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्सलाई एनफिल्डमा स्वागत गर्नेछ ।

    अन्य खेलमा लण्डन क्लब आर्सनल नवप्रवेशी फुलहमको भ्रमणमा निस्कनेछ भने क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ ।

    दिनको अन्तिम खेलमा न्युक्यासल र वर्नली भिड्नेछन् ।


    शनिवार, भाद्र २७ २०७७०६:०८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij