Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति र उपप्रधानसहित तीनमन्त्री चाहिन्छ : जसपा

उपराष्ट्रपति र उपप्रधानसहित तीनमन्त्री चाहिन्छ : जसपा

  • बिहिवार, पौष १४ २०७९

  • 1.1K
    SHARES

  • उपराष्ट्रपति र उपप्रधानसहित तीनमन्त्री चाहिन्छ : जसपा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति र उपप्रधानमन्त्री पदका लागि दाबी गर्नेभएको छ ।माओवादी केन्द्र अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा सहभागिताको विषयमा औपचारीक निर्णय भने सार्वजनिक गरेको छैन ।

    तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन आवद्ध दलका शीर्ष नेतासँग उपराष्ट्रपति र उपप्रधानसहित तीनवटा मन्त्रालय आफूले पाउनुपर्ने दबाब दिनुभएको छ । प्रतिनिधीसभामा १२ सिट रहेको जसपाले हिजो मात्रै नेता रामसहाय यादवलाई संसदीय दलको नेता चुनेको छ।

    अध्यक्ष यादवले सरकारमा सहभागी हुन आफ्नो पार्टीको मागबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग औपचारिकरुपमै प्रस्ताव राखिसक्नुभएको छ ।

    यस्तै मधेस प्रदेशमा १६ सिट रहेको जसपाले मुख्यमन्त्री पाउनुपर्ने अडान पनि कायमै राखेको छ।


    बिहिवार, पौष १४ २०७९०४:२७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij