काठमाडौं । देशभर पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्न थालेको छ । केही समय अघि नयाँ थपिने संक्रमितको संख्या शून्यमा झरेको थियो । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । योसँगै हालसम्म २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् ।
यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए ।
आज १३ हजार ३३८ जनाले खोप लगाइएको मन्त्रालयले जनाएको छ ।