Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिग : लिभरपुलको सुखद सुरुवात

इंग्लिस प्रिमियर लिग : लिभरपुलको सुखद सुरुवात

  • आइतवार, भाद्र २८ २०७७

  • 908
    SHARES

  • इंग्लिस प्रिमियर लिग : लिभरपुलको सुखद सुरुवात

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ ।शनिबार राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४(३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

    एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए ।

    रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १(१ गोलको बराबरीमा ल्याए ।२० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २(१ ले अघि रह्यो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २(२ को बराबरीमा ल्याए ।

    खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३(२ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३(३ गोलको बराबरीमा ल्याए ।

    तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४(३ को जित दिलाए ।यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

     


    आइतवार, भाद्र २८ २०७७०६:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij