Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका सबै सांसदले लिए शपथ, पहिलो अधिवेशन भोली

लुम्बिनीका सबै सांसदले लिए शपथ, पहिलो अधिवेशन भोली

  • आइतवार, पौष १७ २०७९

  • 460
    SHARES

  • लुम्बिनीका सबै सांसदले लिए शपथ, पहिलो अधिवेशन भोली

    काठमाडौं । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका छन्।

    अरू प्रदेशमा जेष्ठ सदस्यले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि अरू बाँकी सदस्यलाई शपथ ग्रहण गराउने गरे पनि लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउनुभएको हो ।

    प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

    अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ।

    त्यही नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन्।

    पहिलो अधिवेशन भोली
    आइतबार प्रदेशसभा सदस्यहरुको सपथग्रहण भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते (भोली) हुँदैछ।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमबार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ ।

     


    आइतवार, पौष १७ २०७९०३:२३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij