Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा वृद्धि

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा वृद्धि

  • आइतवार, पौष १७ २०७९

  • 760
    SHARES

  • बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा वृद्धि

    काठमाडौं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।

    आज पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले बताउनुभयो ।

    ‘आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ,’ गोइतले भन्नुभयो, ‘युक्रेनमा रुसको आक्रमण बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर देखिन्छ ।’

    निगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको गोइतले बताउनुभयो ।


    आइतवार, पौष १७ २०७९०७:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij