काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरूसँग छलफल गरिरहनुभएको छ । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँग छलफल गर्नुभएको हो ।
सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ।
प्रधानमन्त्री प्रचण्डले यसअघि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको थियो ।