Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले कर्मचारीहरुलाई भने केही गुनासा भए मलाई भन्नुहोस्

प्रचण्डले कर्मचारीहरुलाई भने केही गुनासा भए मलाई भन्नुहोस्

  • मंगलवार, पौष १९ २०७९

  • 526
    SHARES

  • प्रचण्डले कर्मचारीहरुलाई भने केही गुनासा भए मलाई भन्नुहोस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै सचिवहरूका पीरमर्का वा गुनासा भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

    मंगलबार सचिवहरूलाई ३० बुँदे निर्देशन दिने क्रममा प्रचण्डले कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउन आग्रह गर्नुभएको हो ।

    ‘तपाईंका कुनै पीरमर्का वा गुनासा भए मलाई सिधै राख्न सक्नुहुनेछ। कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउने विश्वास लिएको छु’, प्रचण्डले भन्नुभयो।

    उहाँले कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै अरूलाई देखाएर पन्छिने कार्य नगर्न पनि कडा निर्देशन दिनुभएको छ।


    मंगलवार, पौष १९ २०७९०५:१२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij