Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं प्रशासनद्वारा १० वटा सेवामा ‘टाइम कार्ड’ लागू

काठमाडौं प्रशासनद्वारा १० वटा सेवामा ‘टाइम कार्ड’ लागू

नागरिकता लिन १ घण्टा, मुद्दाको फैसला ६० दिनभित्र
  • बिहिवार, पौष २१ २०७९

  • 572
    SHARES

  • काठमाडौं प्रशासनद्वारा १० वटा सेवामा ‘टाइम कार्ड’ लागू
    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बिहीबार(आज)बाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित सय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाउनुभएको हो ।
     
    प्रजिअ उपाध्यायका अनुसार अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने बताउनुभयो । उहाँका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिस पत्र १ घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ । त्यस्तै शुक्रबारबाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५ वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने प्रबन्ध पनि सुरु गरेको छ ।
     
    त्यस्तै ७५ वर्षमाथिका वृद्धवृद्धालाई प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको प्रजिअ उपाध्यायले बताउनुभयो ।
     
    उहाँले टाइमकार्ड बाहेक यसअघिबाटै केही सेवालाई चुस्त बनाइएको बताउनुभयो । ‘पहिले राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक २ सय जनाको मात्रै समावेश हुने गरेकोमा केही महिनायता त्यसलाई बढाएर ४ सय ५० सम्म पुर्‍याएको, राहदानीको बायोमेट्रिक १ सय ५० जनाको मात्रै लिने गरिएकोमा अहिले उक्त संख्या दैनिक सरदर २ सय ५० रहेको छ,’ उहाँले भन्नुभयो, ‘बिस्तारै त्यसलाई पनि बढाएर सहज रुपमा सेवा प्रवाह लिने गरी थप सहज बनाउँछौं ।’
     


    बिहिवार, पौष २१ २०७९०४:४६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij