काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट सम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ।
आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा भएको सुनुवाइ सकिएको हो । न्यायाधीशहरूले आदेश लेख्न केहि समयअगाडि छलफल समेत गरेका थिए ।
सुनवाइ सकिएसँगै अबको केहि समयमै संवैधानिक इजलासले आदेश जारी गर्ने स्रोतले बताएको छ ।