Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले दियो तीन नमूना विद्यालयलाई ३० लाख रकम

काठमाडौं महानगरले दियो तीन नमूना विद्यालयलाई ३० लाख रकम

  • शनिवार, पौष २३ २०७९

  • 580
    SHARES

  • काठमाडौं महानगरले दियो तीन नमूना विद्यालयलाई ३० लाख रकम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ३०-३० लाख रुपैयाँ उपलब्ध गराएको छ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो।

    भानु माध्यमिक विद्यालय, संस्कृत माध्यमिक विद्यालय र कन्या माध्यामिक विद्यालयलाई रकम उपलब्ध गराएको हो। महानगरले चालु आवमा नमूना विद्यालयका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

    विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ।

    तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो।

    उहाँका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव महानगरमा बुझाइ सकेका छन्। अब प्रस्तावअनुसार काम भयो भएन भने महानगरले अनुगमन गर्नेछ।

    महानगरका नमूना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराउने तयारी छ।

    नमूना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराउने तयारी छ।

    त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन र खुला स्थान थोरै भएको ठाउँमा कसरी कृषिमा काम गर्न सकिनेबारे सिकाइने छ।

    त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी छ।

     


    शनिवार, पौष २३ २०७९०६:०१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij