काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत/नदिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आइतबार(आज) बसेको कार्यकारिणी समितिले ठाकुरलाई अधिकार दिएको हो।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीले आफूहरूसँग विश्वासको मत नमागेको ठाकुरले बताउनुभयो।
बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। त्यस्तै, पार्टीको संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ।