Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आन्तरिक उडानलाई पनि जतिसक्दो छिटो खोलौं : नाटा अध्यक्ष गुरागाईं

आन्तरिक उडानलाई पनि जतिसक्दो छिटो खोलौं : नाटा अध्यक्ष गुरागाईं

  • सोमवार, भाद्र २९ २०७७

  • 1.5K
    SHARES

  • आन्तरिक उडानलाई पनि जतिसक्दो छिटो खोलौं : नाटा अध्यक्ष गुरागाईं

    काठमाडौं । नेपाल एजेन्सिज अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले आन्तरिक उडानलाई पनि जतिसक्दो छिटो खोल्नु पर्ने बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसँग कुरा गर्दै उहाँले अन्तरराष्ट्रिय उडान केही खुकुलो भइसकेको अवस्थामा जतिसक्दो छिटो उडान सुरु गरि पर्यटकीय गतिविधि र आर्थिक कृयाकलाप चलायमान बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

    अहिले पनि विदेशीहरु नेपाल आउन चाहेको र त्यो अवसरलाई सदुपयोग गर्नु पर्ने बताउँदै गुरागाईं पर्यटन व्यवसाय सुचारु गर्न व्यवसायीहरु तयार रहेको जानकारी दिनुभयो । कोभिड–१९ सकिएर पर्यटकीय गतिबिधी गरांैला भन्ने अवसथा नरहेको बताउँदै अध्यक्ष गुरागाईंले स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै पर्यटक आगमन खोल्नुको विकल्प नभएको बताउनुभयो ।

    हिमाल आरोहण तथा टे«किङको क्षेत्र स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अन्य भन्दा सुरक्षित भएको र अहिले पनि विदेशीहरु नेपाल आउन चाहेकोले त्यसलाई सहजीकरण गर्नु पर्ने विमानस्थलै पीसीआर परिक्षण गर्ने जस्ता काम गर्नु पर्ने बताउनुभयो ।

    उहाँले पर्यटन क्षेत्रको बरोजगार रोजगार श्रम शक्तिलाई काममा लगाउन राज्यको ध्यान जान नसकको र व्यवसायीहरुले राहत प्याकेज अन्र्तगत सुविधा समेत पाउन नसककोले तर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

    नाटाका अध्यक्ष गुरागाईंसँग गरिएको कुराकानी सुन्नुहोस् । 


    सोमवार, भाद्र २९ २०७७११:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij