काठमाडौं । सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितसिंह भण्डारीको अवस्था सुधारोन्मुख देखिएको छ ।
गएराति धनगढीबाट महेन्द्रमगर जाँदै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साइकल दुर्घटनामा परेको थियो ।
ललितलाई धनगढीको निसर्ग अस्पतालमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि उनलाई नेपागञ्ज मेडिकल कलेज, कोहलपुरमा रिफर गरेका थिए ।
उपचारमा संलग्न चिकित्सकले प्रराम्भिक रुपमा ललितको अवस्था चिन्ताजनक देखिएको बताएका थिए ।
पारिवारिक स्रोतका अनुसार ललितको अवस्था सुधारोन्मुख छ । हात र खुट्टामा गम्भीर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । उनको अहिले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।