एजेन्सी। जर्मन कप अन्तर्गत आइतबारको खेलमा बोरुसिया डर्टमुन्डले डुइसबर्गविरुद्ध ५(० को फराकिलो जित दर्ता गर्दै नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको छ ।
खेलको १५ औं मिनेटमा नै डर्टमुन्डले जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । ३० औं मिनेटमा युवा मिडफिल्डर जुड बेलिन्घमले गोल गर्दै डर्टमुन्डमा नयाँ इतिहास रचे । यसै सिजन दोस्रो श्रेणीको इंग्लिस क्लब बर्मींघमबाट जर्मनी पुगेका उनले क्लबका सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान बनाए ।
३८ औं मिनेटमा डुइसबर्गका डोमिनिक भोल्क्मरले रातो कार्ड पाए । फरवार्ड एर्लीङ हालान्डलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि रेफ्रीले फ्रिकिक दिएका थिए । उक्त फ्रिकिकलाई थोर्गन हाजार्डले गोलमा परिणत गर्दै पाहुना टोलीलाई ३(० को अग्रता दिलाए ।