Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने खेलाडी बने मेस्सी

सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने खेलाडी बने मेस्सी

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.0K
    SHARES

  • सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने खेलाडी बने मेस्सी

    एजेन्सी। अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

    फोर्ब्सको सूची मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।

    यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।

    लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् । यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैठौँ, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

    त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।

     


    मंगलवार, भाद्र ३० २०७७०६:५८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij