Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्छौँ : प्रचण्ड

राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्छौँ : प्रचण्ड

  • बिहिवार, माघ ५ २०७९

  • 474
    SHARES

  • राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्छौँ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताउनुभएको छ ।

    बिहीबार संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’

    राष्ट्रपतिमा चाहिं के हुन्छ नि भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’


    बिहिवार, माघ ५ २०७९०६:३१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij