Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विदा भए कुलमान !

विदा भए कुलमान !

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.0K
    SHARES

  • विदा भए कुलमान !

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक रुपमा बिदाइ गरिएको छ । चार वर्षे कार्यकाल पूरा गरेका उहाँलाई आज प्राधिकरणको कार्यालयमा औपचारिक बिदाइ गरिएको हो ।

    चार वर्षे कार्यकाल पूरा गर्दै घिसिङ सोमबार पदमुक्त हुनुभएको थियो । ०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका उहाँको चार वर्षे कार्यकालमा लोडसेडिङको अन्त्य, निरन्तर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफा र विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायतका काम भएका थिए ।

    विदाइ कार्यक्रममा उहाँले नेतृत्वमा कोही आउनु जानु सामान्य प्रक्रिया भएको बताउनुभयो । कर्मचारीले प्राधिकरणमा रातको १०–१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उहाँले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताउनुभएको छ ।


    मंगलवार, भाद्र ३० २०७७०५:३४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij