Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल, रेशमलाई भेट्न कारागार पुगे राजेन्द्र 

जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल, रेशमलाई भेट्न कारागार पुगे राजेन्द्र 

  • मंगलवार, माघ १७ २०७९

  • 448
    SHARES

  • जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल, रेशमलाई भेट्न कारागार पुगे राजेन्द्र 
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । 
     
    आज बिहान भएको भेटमा दुईबीच करिब १ घण्टा छलफल भएको बताइएको छ । नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ ।
     


    मंगलवार, माघ १७ २०७९०४:५१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij