Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

  • सोमवार, माघ २३ २०७९

  • 535
    SHARES

  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार(आज) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
     
    तोलामा ५०० रुपैयाँले बढेपछि आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। 
     
    यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो भने सुनको मूल्य २ हजार रुपैयाँले घटेको थियो। हिजो छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 
     
    आज चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन। चाँदीको मूल्य आज पनि हिजोको जस्तै प्रतितोला १ हजार ३२० रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


    सोमवार, माघ २३ २०७९११:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij