Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम सरकार संकटमा पर्ने निश्चित, नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि विश्वासको मत नदिने

सुदूरपश्चिम सरकार संकटमा पर्ने निश्चित, नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि विश्वासको मत नदिने

  • मंगलवार, माघ २४ २०७९

  • 563
    SHARES

  • सुदूरपश्चिम सरकार संकटमा पर्ने निश्चित, नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि विश्वासको मत नदिने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अब सरकार निर्माण तथा विश्वासको मत दिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। काठमाडौंको डिल्लीबजारमा बसेको पार्टी पदाधिकारी तथा सांसदहरुको बैठकले केन्द्रदेखि प्रदेशसम्म विश्वासको मत दिने तथा सरकार गठन लगायतको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो।

    नागरिक उन्मुक्ति पार्टीको निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा पर्ने देखिएको छ। नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले १ महिनाकै अवधिमा सत्ता छाड्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
    नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्।

    एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गत पुस २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका रावलले माघ २५ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ । ।


    मंगलवार, माघ २४ २०७९०४:४४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij