Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन : मतगणना सुरु, आजै मतपरिणाम आउने

राष्ट्रियसभा निर्वाचन : मतगणना सुरु, आजै मतपरिणाम आउने

  • बुधवार, माघ २५ २०७९

  • 587
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : मतगणना सुरु, आजै मतपरिणाम आउने
    काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ। केहीबेर अगाडि सम्पन्न भएको निर्वाचनमा ३०४ जनाको मत खसेको छ। लुम्बिनी प्रदेशसभामा कुल ३०५ जना सदस्य छन्।
     
    रुपन्देहीको मर्चाबार गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको भोट नखसेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार उपाध्यक्ष सिंह भारत जानुभएको छ।
     
    प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मत मध्य २१७ मत खसेको छ। मतपरिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।
     
    नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन भएको हो।


    बुधवार, माघ २५ २०७९०३:२९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij