Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त

लुम्बिनी सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त

  • बुधवार, माघ २५ २०७९

  • 594
    SHARES

  • लुम्बिनी सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त
    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपानेलाई नियुक्त गर्नुभएको छ ।
     
    मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम गिरीले सचिवालय विस्तार गर्नुभएको हो ।
     
    अघिल्लो प्रदेश सभा सदस्य चुनावमा निर्वाचित न्यौपाने तत्कालीन नेकपामा विवाद हुँदा माओवादी केन्द्र छाडेर एमाले रोज्नुभएको थियो। गत मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही १ (२) मा उहाँ कांग्रेसका अब्दुल रज्जाकसँग पराजित हुनुभएको थियो । प्रमुख राजनीतिक सल्लाहकारले राज्यमन्त्री सरह सेवा सुविधा पाउँछन् ।
     
    यस्तै मुख्यमन्त्री गिरीले बाँकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।
     
    संसदीय दल नेताको हैसियतमा मुख्यमन्त्री गिरीले रुपन्देहीका तुल्सीप्रसाद चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतक नियुक्त गर्नुभएको छ ।
     
    यसअघि मुख्यमन्त्री लीला गिरीले प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गर्नुभएको थियो। गिरीले बुटवलका कृष्ण कुमाललाई प्रमुख स्वकीय सचिव, दाङका टीका बस्नेतलाई प्रेस संयोजक, सचिवालयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारी र कम्प्युटर अपरेटरमा दाङका विपिन केसीलाई नियुक्त गर्नुभएको थियो।
     
    यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ जनाको सचिवालय बनाएर आफन्तहरू नियुक्त गरेको भन्दै चर्को आलोचना भएको थियो ।


    बुधवार, माघ २५ २०७९०५:४९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij