Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ माओवादी नेताहरूको वरीयता (सूचीसहित)

यस्तो छ माओवादी नेताहरूको वरीयता (सूचीसहित)

  • बिहिवार, माघ २६ २०७९

  • 2.9K
    SHARES

  • यस्तो छ माओवादी नेताहरूको वरीयता (सूचीसहित)
    काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरूको वरीयता निर्धारण गरेको छ ।
     
    पूर्व सभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो ।
     
    माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले पहिलेकै वरीयतालाई यसपालि पनि निरन्तरता दिएर सूची तयार पारिएको बताउनुभयो।
     
    माघ १२–२१ गते सम्म बसेको स्थायी समिति बैठकले नेताहरूको वरीयता निर्धारणदेखि संगठन विस्तारको अभियान चलाउने सम्मका निर्णय लिएको थियो ।
     
    पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । तीन उपाध्यक्षहरूमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा हुनुहुन्छ । त्यसपछि महासचिव देवप्रसाद गुरुङ हुनुहुन्छ । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् ।
     
    त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरूको समेत वरीयता निर्धारण गरिएको छ ।
     
    हेर्नुहोस् सूची:


    बिहिवार, माघ २६ २०७९०२:४५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij